एमालेको दशौं महाधिवेशन : उद्घाटनपछि सिधै मतदान

A notice in Nepali from Mechinagar Ward No. 10

११ कात्तिक, काठमाडौं : नेकपा एमालेले उद्घाटनपछि सिधै निर्वाचन गर्ने गरी दशौं महाधिवेशनको तयारी गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दशौं महाधिवेशनको उद्घाटनपछि निर्वाचन प्रक्रिया शुरु हुने भएकाले यो महाधिवेशन विगतको भन्दा फरक हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘वैचारिक बहसका लागि विधान महाधिवेशन गर्ने निर्णय २०७१ मा भएको पार्टीको नवौं महाधिवेशनको नै हो,’ पाण्डेले भने, ‘एमाले नयाँ–नयाँ प्रयोग गर्ने पार्टी हो । यो प्रयोग कति सही या गलत हुन्छ, महाधिवेशनपछि नै थाहा होला ।’

२०४६ भदौमा सिरहामा भएको पार्टीको चौथो महाधिवेशनदेखि २०७१ साउनमा भएको नवौं महाधिवेशनसम्म एमालेले उद्घाटनमा पनि पार्टीको राजनीतिक तथा वैचारिक प्रतिवेदनहरुमा छलफल चलाउँथ्यो । वैचारिक निकटताका आधारमा नेतृत्व छान्ने एमालेको पुरानो परम्परा नदेखिने भएसँगै संख्या भन्दा पनि विचारका आधारमा ओलीको प्रतिवाद गरिरहेका छौं भन्ने नेताहरुलाई भने अप्ठ्यारो पर्ने देखिन्छ ।

गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको विधान महाधिवेशनमा पनि असन्तुष्ट पक्षहरुको आवाज बलियोसँग उठ्न सकेको थिएन । एमालेले दशौं महाधिवेशनमा २२५ केन्द्रीय सदस्यका लागि करिब ५ सय जनाको उम्मेदवारी पर्ने आँकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.