११ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जनामा संक्रमण देखिएको छ भन २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ३५५ जनाको कोरोना परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ११ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ८९ हजार ७८९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























