महाधिवेशन प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने एमालेको निर्णय, कात्तिक २७ मा देशभरबाट छनोट गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

१२ कार्तिक, काठमाडौँ :  नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्यामा १ हजार ९९९ बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुको माग पछि संख्या थपिएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

बिहीबारको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने गरी मापदण्ड तय गरेको थियो ।

बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावलसहितका नेताहरुले प्रतिनिधिहरुको संख्या बढाउनु पर्ने माग गरेका थिए । एमाले केन्द्रीय कमिटी बैठकले कात्तिक २७ गते शनिबार देशभर एकैदिन प्रतिनिधिको छनोट गर्ने निर्णय गरेको नीरज आचार्यले बताए ।

एमालेले केन्द्रीय नेतृत्व छनोट गर्नका लागि आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.