२० कार्तिक, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनु भएको छ । आज ११ बजेर २ बजेको उत्तम साइतमा राष्ट्रपति भण्डारीले शीतलनिवासमै भाइ डेगेन्द्रलाई टीका गाइदिनु भएको हो ।
सोही अवसरमा भाइ डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।


























