२० कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १३९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा संक्रमण देखिएको छ भन १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ३ हजार ९३२ जनाको कोरोना परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १४४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १४ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९४ हजार ८३४ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























