रामचन्द्र पाैडेलको नेतृत्वमा राजनीतिक संयन्त्र गठन

A notice in Nepali from Mechinagar Ward No. 10

२२ कार्तिक, काठमाडौँ : सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

आज बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पौडेलको संयोजकत्वमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका पाँच वटा पार्टीका २–२ जना सदस्य रहनेछन्।

मन्त्रिपरिषद्‍बाट मन्त्री कार्की पनि संयन्त्रका सदस्य रहनेछन्। संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री संयन्त्रको बैठकमा सहभागी हुने कार्कीले बताए। पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले नेतृत्व गर्ने बैठकले निर्णय गरेको छ।

संयन्त्रमा कांग्रेसका तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र नाम दिन बाँकी एक जना सदस्य रहनेछन्।

संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उप-निर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए।

यस्तै बैठकले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले आगामी राष्ट्रियसभाको निर्वाचन र उप-निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.