तीन प्रदेशमा प्रदेश प्रमुख फेर्ने सरकारकाे निर्णय

प्यासी कलौनी र यादव विदा हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२३ कार्तिक, काठमाडौँ : सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।

अहिले सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख थिए। उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो।

जोशी कांग्रेस, परियार नेकपा माओवादी केन्द्र तथा खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका जोशी नेपाली कांग्रेस बाजुराका पूर्व पार्टी सभापति हुन्।

शिक्षक पेशाबाट राजनीतिमा आएका जोशी २०४८ सालको आमनिर्वाचनमा सबैभन्दा कम उमेरका बिजय भएका थिए। उनी संविधानसभा सदस्यसमेत हुन्।

यसअघि प्रदेश २ को प्रदेश प्रमुख भएका परियारलाई गत फागुन ७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.