तीन प्रहरी निरीक्षक भारतमा पुरस्कृत

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन्।

सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ। उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरूलाई पुरस्कार प्रदान गरे।

दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति थिए। उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षक किरण रावत, अनिल थापा, सुवास खतिवडा, होमनाथ रेग्मी र सिमोन धिताल गरी पाँच प्रहरी अधिकृतको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.