मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१ मंसिर, विराटनगर :  प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन्। हिजै विश्वासको मत लिने तयारी भएपनि प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ। पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए। पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न सहज छ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.