बाचा पुरा गर्नुभयो डाक्टर ठाकुरले : सञ्चालनमा आयो ‘ठाकुर पोलिक्लिनिक’

A notice in Nepali from Mechinagar Ward No. 10

१ मंसिर, मेचीनगर : मेची प्रादेशिक अस्पताल भद्रपुरबाट सेवानिवृत्त भए लगत्तै आफुले बोलेको बाचा प्रमुख कन्सल्टेन्ट डाक्टर पिताम्बर ठाकुरले पुरा गर्नुभएको छ । उक्त अस्पतालबाट १८ वर्षको निरन्तर स्वास्थ्य सेवा पछि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहनु भएका डाक्टर ठाकुर २६ जेठमा सेवानिवृत्त हुनुभएको थियो । उहाँले सेवानिवृत्त भए लगत्तै झापा छाडेर बाहिर नजाने झापालीको स्वास्थ्य सेवामै रहने प्रतिक्रिया दिनुभएको थियो ।

‘झापासँग मेरो गहिरो सम्बन्ध छ म झापा छाडेर अन्यत्र जादिन’ भन्ने कुरालाई अहिले उहाँले पुरा गर्नुभएको छ । अब हरेक सेवाग्राहीले उहाँको सेवा झापाको विर्तामोडस्थित ‘ठाकुर पोलिक्लिनिक’ मा प्राप्त गर्ने छन् । उक्त ‘ठाकुर पोलिक्लिनिक’ बुधबार ‐आज) देखि सञ्चालनमा आएको छ । सुरज ठाकुरले ‘ठाकुर पोलिक्लिनिक’ सञ्चालनमा ल्याउनुभएको हो । प्याथोलोजी, फार्मेसी, अल्ट्रासाउण्ड, ओपीडी, एक्स—रे, इसिजी, शल्याक्रिया, एन्डोस्कोपीलगायत विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुने सञ्चालक ठाकुरले बताउनुभयो । वरिष्ठ कन्सलटेण्ट फिजिसियन डाक्टर ठाकुरले अब यही स्वास्थ्य केन्द्रबाट हरेकलाई सेवा दिने बताउनुभएको छ । उहाँले झापालगायत पूर्वी पहाडी जिल्लाका धेरै रोगीको उपचार गर्नु भएको हुनाले धेरैजनासँग सम्बन्ध राम्रो रहेको कारण उहाँ झापामै रहेर सेवा दिने सोचमा हुनुहुन्थयो ।

बुधबारबाट सेवा शुरु गरेको ‘ठाकुर पोलिक्लिनिक’ को केहीदिनमा औपचारिकरुपमा उद्घाटन हुने सञ्चालक सुरज ठाकुरले बताउनुभयो । ७ वर्ष १ महिना २६ दिनसम्म सफलतापुर्वक मेची प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पुरा गर्नुभएका ठाकुरको सेवा घर आगनमै पाउने भएपछि झापावासी समेत खुशी छन् । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा जन्मनु भएको भए पनि झापाको भद्रपुरमै घर बनाएकाले पनि झापा नछोड्ने उहाँले बताउनुभएको थियो ।

‘मेरो क्षेत्रमा सक्रिय नै रहन्छु । सकुञ्जेल बिरामी हेर्छु ।’ त्यसमा झापावासीलाई दिइएको आश्वसन पुरा गर्न पनि झापामै बसेर सेवा शुरु गरे’ उहाँले भन्नुभयो— ‘मैले देखाएको सक्रियता अनि सरकारी अस्पतालमा बसेर गरेको सेवा झापाबासीले अहिले पनि बिर्सेका छैनन् ।’

२०५० सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस अध्ययनपश्चात ६० वर्षीय डाक्टर ठाकुर मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नो जिम्मेवारी सम्हालन आइपुग्नु भएको थियो । त्यहाँ बस्दा पनि उहाँले निक्कै विरामीको उपचार गर्नुभयो । नहासी नबोल्ने, आफ्नोमा उपचारका लागि आउने हरेक विरामीसँग निक्कै मिठो बोल्नेलगायतका उहाँको व्यक्तिगत स्वभावका कारण धेरै विरामीहरु उहाँसँग उपचारका लागि पुग्ने गर्छन् ।

मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहेकै बखत स्नातकोत्तर तह अध्ययन गरिसकेपछि डा.ठाकुर मेची अस्पताल आउनुभएको थियो । मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रबाट भद्रपुर आउने क्रममा मंगलबारेवासीले निक्कै दुःख व्यक्त गरेका थिए । त्यसवेलादेखि अहिलेसम्म त्यसक्षेत्रबाट डाक्टर ठाकुरसँग उपचार गराउनकै लागि मेची प्रादेशिक अस्पताल भद्रपुर र निजी क्लिनिकसम्म विरामी आउने गरेका छन् ।

१८ बर्ष अघि ‘इन्टरनल मेडिसिन’मा एमडी गरेर वा २०६० साल जेठमहिनामा कन्सलटेण्ट फिजिसियनका रुपमा जिम्मेवारी समाल्न आइपुग्नु भएका डाक्टर ठाकुर वरिष्ठ कन्सलटेण्ट फिजिसियन पार गदैं प्रमुख कन्सलटेण्ट फिजिसियनका रुपबाट २०७० साल चैत महिनादेखि तात्कालिन मेची अञ्चल अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको कमाण्ड सम्हाल्नु भएको थियो ।

कोभिड १९ का महामारीका बखत पनि उहाँले अस्पतालभित्र २५ शैंयाको एचडीयु, अस्पताल परिसर र कनकाई नगरपालिकाभित्र गरेर दुईवटा पीसीआर मेशीन सञ्चालन, अस्पतालमा आइसियु हेमाडाइलोसिस, अल्ट्रासाउण्ड, इसीजी, चौवीसै घण्टा प्रयोगशाला, एक्स रे, वेहोस गर्ने डक्टरको व्यवस्थापन गरेर ओएसटी फार्मेसी अस्पतालभित्र अक्सिजनको व्यवस्थालगायतका थुप्रै सुधारका काम गरेर उहाँले लोकप्रियता कमाउनु थियो । प्रारम्भमा एउटा सानो भवनमा सामान्य ‘क्लिनिक’ जस्तो रुपमा रहेको उक्त अस्पताल अहिले चाहिँ अस्पतालको आकार लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.