जिल्लाबाट कहिलेदेखि पाइन्छ ई-पासपोर्ट ?

A notice in Nepali from Mechinagar Ward No. 10

२ मंसिर, काठमाडौँ :  राहदानी विभागले ई-पासपोर्ट  विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट  प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो।

जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए।  विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए।

ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही काठमाडौं धाउन पर्दैन।  विभागका निर्देशक शरदराज आरनका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयबाट यो पासपोर्ट प्राप्त गर्न सकिने छ। तर, जिल्ला प्रशासनबाट ई–पासपोर्ट बनाउन करिब १५ दिन समय लाग्नेछ। उनले भने,‘आकस्मिक रुपमा पासपोर्ट बनाउनु परे काठमाडौं नै आउनुपर्ने छ।’

काठमाडौ आएर पासपोर्ट बनाउनका लागि १२ हजार शुल्क लाग्नेछ। जिल्लाबाट बनाउँदा ५ हजार शुल्क तिरे पुग्ने विभागको भनाइ छ। सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर फारम भरी आवश्यक कागजपत्र बुझाउनुपर्नेछ । उक्त डकुमेन्ट जिल्ला प्रशासन कार्यालयले विभागको सर्भरमा अपलोड गर्नेछ। विभागले ई पासपोर्ट जारी गरेर हुलाक मार्फत् जिल्ला प्रशासन कार्यालयहरुलाई पठाउने छ।

विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ। मङ्सिर २ गतेदेखि सिमित सेवाग्राहीलाई ई-पासपोर्ट वितरण हुनेछ। यही मङ्सिर १५ गतेदेखि भने सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्ने विभागले जनाएको छ।

विश्वका विभिन्न देशमा प्रचलनमा रहेको ई-पासपोर्टका लागि राहदानी विभागले सन् २०२० को डिसेम्बर २० मा फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो।

सम्झौता अनुसार १० महिनाभित्र कम्पनीले ई–पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो। सोहि अनुसार हाल काम सम्पन्न भएको विभागले जनाएको छ।

विश्वले सुरक्षित मानेको विद्युतीय राहदानी डिजिटल चिपमा आधारित ई–पासर्पोट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ।

‘यो पासपोर्ट निकै नै व्यवस्थित र सुरक्षित छ, यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ,’ निर्देशक आरनले भने, ‘चिपमा फोटो, औंठा छाप र व्यक्तिगत विवरण राखिन्छ। कागजी पासपोर्टभन्दा यो पासपोर्ट कैयौं गुणा सहज र सुरक्षित छ।’

पासपोर्टका लागि लाइन बस्नु नपर्ने 

विद्युतीय राहदानी प्राप्त गर्नका लागि  पहिलाको जस्तो लाइन बस्नु नपर्ने राहदानी विभागले जनाएको छ। विभागका अनुसार अनलाइनबाट मिति र समय बुकिङ गरेर लिन सकिनेछ। विभागका महानिर्देशक अर्यालले भने, ‘राहदानी बनाउनका लागि लाइन बस्नुपर्ने अवस्था थियो। विद्युतीय राहदानीका लागि त्यो झन्झट  हुँदैन।’

नेपालमा योभन्दा अघि हस्तलिखित र हरियो रंगको मेसिनरी राहदानी जारी हुँदै आएको थियो। अबदेखि संसारभर प्रचलित, वैज्ञानिक र भरपर्दो मानिएको इलेक्ट्रोनिक पासपोर्ट सुरु भएको विभागले जनाएको छ।

सेवाग्राहीले पहिलेको पासपोर्टमा जस्तै बुकलेट पाउनेछन्।  नयाँ इलेक्ट्रोनिक पासपोर्ट ३४ र ६६ पृष्ठको छ। नयाँ पासपोर्ट राष्ट्रिय परिचयपत्रसँग पनि जोडिने विभागले जनाएको छ। उक्त कार्यको लागि विभाग र गृह मन्त्रालयले समन्वय गरेका छन्।

जोशीको राहदानी संग्रहालयमा 

राहदानी विभागले  नेपालबाट जारी भएको राहदानीको  अभिलेख राख्नका लागि  संग्रहालय निर्माण गरिहेको छ। सो संग्रहालयमा शताब्दी पुरुष सत्यमोहन जोशीको राहदानी पनि राखिएको छ। विद्युतीय राहदानी वितरण कार्यक्रममा जोशीले आफ्नो राहदानी विभागका महानिर्देशकलाई बुझाएका हुन्।

सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो राखेको छ । ई-पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.