भारतका विभिन्न राज्यबाट उद्घार गरिएका चारजना बालबालिकालाई शुक्रबार आफन्तको जिम्मा लगाईयो

A notice in Nepali from Mechinagar Ward No. 10

३ मंसिर, मेचीनगर : भारतका विभिन्न राज्यबाट उद्घार गरिएका चारजना बालबालिकालाई शुक्रबार आफन्तको जिम्मा लगाईएको छ । भारतका विभिन्न स्थानमा रहेर महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था शहीद बन्दना बालिका स्मृति आवस कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगढीले भारतको कुचविहार, शिलीगुडी दार्जिलिङ्गलगायतका स्थानबाट उद्घार गरी नेपाली महावाणिज्यदुताबास कोलकातालाई जिम्मा लगाएको थियो । उद्घार गरिएकामा उदयपुर, काठमाण्डौं, मोरङ्ग र सिन्धुली जिल्लाका २ बालक तथा २ बालिका छन् । तीनजना १६ र एकजना ४ वर्षका रहेकाछन् । उनीहरुलाई मामा र बुवाले बुझेका थिए ।

नेपाली महावाणिज्यदुताबास कोलकाताका महाबाणिज्यदुत इश्वरराज पौडेल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय प्रशासन, पत्रकार र विभिन्न गैरसरकारी तथा सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको उपस्थितीमा उनीहरुका अभिभावकहरुलाई जिम्मा लगाउनुभएको थियो ।

नेपाली महावाणिज्यदुताबासको प्रमुख कार्यमध्ये नेपाली बालबालिका विशेषगरी महिलाहरु बाध्यात्मकरुपमा बेचबिखनमा परेका हुन्छन् वा अन्य उद्घेश्यले भारततर्फ लगेर त्यहा उनीहरुलाई शोषण गरिएको छ भने भारत सरकार, स्थानीय प्रहरी प्रशासन तथा अन्य संघ संस्थासँगको समन्वयमा उद्घार गर्ने पनि रहेको महाबाणिज्यदुत पौडेलले बताउनुभयो । महाबाणिज्यदुत पौडेलले बताउनुभयो ।

भारतका विभिन्न स्थानमा नेपाली बालबालिका तथा महिलाहरु अप्ठयारोमा परेको र उद्घारको पर्खाइमा रहेको जानकारी प्राप्त हुन साथ सम्बन्धित पक्षसँग सहकार्यमा काम गर्ने उहाँको भनाई छ । यसअघि पनि इलामका एक व्यक्ति भारतीय जेलमा ४० वर्ष विना सुनुवाई रहेको जानकारी पाए पछि उद्घार गरी नेपाल पठाएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.