झापा क्षेत्र नं. १ प्रदेश सभा ‘क’ को सभापतिमा हरि बुढाथोकी निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

३ मंसिर, मेचीनगर : नेपाली काङ्ग्रेस झापा क्षेत्र नं. १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी (१५८ मत) निर्वाचित भएका छन् ।

उनले अरु दुई जना प्रतिष्पर्धी हर्कबहादुर लिम्बु (फियाक) (१३५ मत) र बद्री खड्का (७२ मत)लाई उछिनेर सबैभन्दा मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा रेवादास उप्रेती (२०२ मत)  र गंगा कोइराला (१८२ मत) निर्वाचित भएका छन् । उनको प्रतिष्पर्धीहरु हिम्मत क्षेत्री (१६८ मत) र शशी राई (१५२ मत) थिए ।

सचिव पदमा ५ जनाको उम्मेद्वारी परेको थियो ।

जसमा विशाल तामाङ १ सय ७४ मत ल्याई विजयी भएका छन् भने सूर्यप्रकाश उप्रेती र इन्द्रप्रकाश आङ्देम्बेको (१ सय ६४)मत बराबरी आएपछि विधान अनुसार गोलाप्रथाबाट आङ्देम्बे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

सचिवका अर्का प्रत्यासी नारायणबहादुर बस्नेत १ सय ४६ र भेषराज ओलीले ४४ मत ल्याएका छन् ।

यस्तै सहसचिवमा विटु गुरुङ २ सय ५१ र दिलकुमारी श्रेष्ठ २ सय २८ मत ल्याएर निर्वाचित भएका छन् । सहसचिवका अर्का प्रत्यासी नरेन्द्र न्यौपानेले १ सय ८६ मत ल्याएका छन् ।

प्रदेश प्रतिनिधि महिलातर्फ करुणा रिजाल २ सय १९, राधिका गुरुङ २ सय ८ र लक्ष्मी अधिकारीले १ सय ८० मत ल्याएर निर्वाचित भएकी छन् । ३ पदका लागि भएको प्रदेश प्रतिनिधिमा भद्रमाया बस्नेतले १ सय ६७, शान्ति चौधरीले १ सय २५ र सीतादेवी कार्कीले १ सय ४ मत ल्याइन् ।

खुला खस आयतर्फ केदारनाथ निरौला १ सय ८६ र युद्धराज ओली २ सय ७ मत ल्याएर विजयी भएका छन् ।

प्रत्यासी धर्मानन्द खनालले १ सय ७५ र लालबहादुर सिंह ठकुरीले ८९ मत प्राप्त गरेका छन् ।

प्रदेश खुलातर्फ रुपसागर अधिकारी २ सय १८, हरिप्रसाद अधिकारी १ सय ९४, कुमार बुढाथोकी १ सय ९५, दिलिप सुवेदी १ सय ७२, रविन काफ्ले १ सय ५५, राजकुमारी कार्की १ सय ६१ र रविन भट्टराई १ सय २८ मत ल्याई विजयी भएका छन् । ७ पदका लागि भएको निर्वाचनमा १९ जना चुनावी मैदानमा थिए ।

आदिवासी जनजाति खुलातर्फ सिद्धिविक्रम नेम्बाङले २ सय ६६ मत ल्याई विजयी भएका छन् । यो मत अत्याधिक मत हो ।

यस्तै निमा लामा १ सय ६५ मत ल्याई निर्वाचित भएका छन् । सो पदका प्रत्यासी प्रकाश कन्दङ्वा लिम्बुले १ सय ४६ र मिलन राईले ९८ मत ल्याएका छन् । ३ सय ८४ मतदाता संख्या रहेको प्रदेश ‘क’ मा ३ सय ७७ जनाले मतदान गरेका थिए ।

लोकतन्त्रपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.