एमाले अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

५ मंसिर, काठमाडौँ : एमाले उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं राष्टिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भए पनि त्यसो हुनेमा आफू सशंकित रहेको उल्लेख गरेका छन्।

उनले केन्द्रीय कमिटीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा आग्रह पनि गरेका छन्।

‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनल् भने।

रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो पनि गरेका छन्। ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ तर महासचिवबाट कार्यालयमा भएका सबै कक्ष खाली छैनन् भनियो,’ उनले भने।

रावलले झन्डै दुई तिहाइ बहुमतको तत्कालीन नेकपा सरकार र एमाले कसरी कमजोर भयो, भनेर समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन्।

पार्टी एकता कायम राख्न गरेको १० बुँदे सहमति कार्यान्वयन नभएको र त्यसकै आधारमा केन्द्रीय कमिटीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) कार्यान्वयनमा पनि एकरूपता नदेखिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.