बोर्डले खुलायाे कक्षा ११ का विद्यार्थीकाे रजिस्ट्रेसन आवेदन फाराम

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेसन आवेदन फाराम खुलाएको छ।

परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा आगामी पुस २१ गतेसम्म आवेदन फारामबापतको रकम बुझाइ सक्नुपर्ने उल्लेख छ।

बोर्डले ४ सय फाराम शुल्क तोकेको छ। दोब्बर शुल्क तिरेर पुस मसान्तसम्म फराम बुझाउन सक्ने जनाइएको छ।

बोर्डको सम्बन्धित कार्यालयमा विद्यालयले माघ ७ भित्र बैंक भौचर र रजिष्ट्रेसन बुझाइ सक्नुपर्ने सूचनामा उल्लेख छ।

कक्षा ११ को नयाँ पाठ्यक्रमअनुसारको विषय समूह, विषय कोडअनुरुप एक समूहबाट एक विषय  मात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.