झापा काँग्रेस अधिवेशन : यी हुन राम कट्टेल समूहका पदाधिकारी

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, झापा : नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेद्वार राम कट्टेल समुहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समुहबाट उपसभापति पदमा केदारशमसेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेद्वार हुने निश्चित भएको राम कट्टेल जिताऔं अभियान सचिवालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजबंशी कट्टेल समुहबाट उम्मेद्वार हुने भएका छन् । त्यसैगरी उक्त समुहबाट सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार हुने निश्चित भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि भोलि उम्मेद्वारी दर्ता र मंसिर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.