प्रकाशमान-गगन एकमत : देउवा र पौडेल दुवै अभिभावक बनून्

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण सबुझ बानियाँ समूहको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने बताएका हुन्।

नेता सिंहले भने, ‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक छ।’

नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरे। ०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हार्‍याे यसबारे गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ।

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने बताए।

उनले भने, ‘कांग्रेस जनताको आशा भरोसा भएको पार्टी हो। त्यसैले नयाँ नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्छ। पार्टीमा मतभेद हुनु सामान्य हो। तर, विवेकपूर्ण ढंगले आफ्नो मतको प्रयोग गर्नुपर्छ।’

उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत शीर्ष नेताहरूले अब अभिभावक बन्नुपर्ने उनकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.