पदाधिकारी छान्ने जिम्मा ओलीलाई, भीम रावलको फरक मत

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, चितवन : नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत सौराहामा जारी बन्द सत्र हलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सर्वसहमतिका लागि ओलीलाई अधिकार दिएको हो। बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका थिए। पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको छ।

सर्वसहमतिका लागि आवाज उठेका बेला हलमा भरिएका सबै नेता, कार्यकर्ता र प्रतिनिधिले ओलीलाई अधिकार दिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बन्द सत्र लगत्तै ओलीले सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन्। यसका लागि अब ओलीले सर्वसम्मतिका लागि पदाधिकारी नेतृत्व गर्ने बाटो खुलेको छ।

पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिएपछि भीम रावलले आपत्ति जनाएका छन्। उनले यसरी एक्लै निर्णय गर्न नपाइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.