१२ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले अग्रता कायमै राखेका राखेका छन् ।
२४३१ मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले १२४३ मत र अर्का उम्मेद्वार देउमान थेबेले ११६९ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा केशवराज पाण्डे र प्रेम सम्बाहाम्फेले अग्रता लिएका छन् । पाण्डेले १२६३ र सम्बाहाम्फेले ११५० मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शेरबहादुर भट्टराईले ११२४ र शमशेर गिरीले ९८५ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र नविन बिमलीले अग्रता जारी राखेका छन् । लिङ्देनले १२१५ र बिमलीले १२०६ मत पाएका छन् ।
सचिवका उम्मेद्वार कृष्ण हुमागाईले १०८९ र टोमलाल राजबंशीले १०५९ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा कमलप्रसाद भण्डारी र पदम लिम्बु अग्रता लिएका छन् । भण्डारीले ११५९ र लिम्बुले ११५८ मत पाएका छन् ।
अरु उम्मेद्वार उकालेन्द्रप्रसाद राजबंशीले १११७ र उमाराम प्रसाइँले १०९६ र मत पाएका छन् ।

























