१२ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले अग्रता कायमै राखेका राखेका छन् ।
२६७० मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले १३६८ मत र अर्का उम्मेद्वार देउमान थेबेले १२८३ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा केशवराज पाण्डे र प्रेम सम्बाहाम्फेले अग्रता लिएका छन् । पाण्डेले १३८७ र सम्बाहाम्फेले १२६२ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शेरबहादुर भट्टराईले १२३० र शमशेर गिरीले ११०८ मत पाएका छन् ।
सचिव पदमा नविन बिमली र विश्वदीप लिङ्देनले अग्रता जारी राखेका छन् । बिमलीले १३३९ र लिङ्देनले १३१७ मत पाएका छन् ।
सचिवका उम्मेद्वार कृष्ण हुमागाईले १२२८ र टोमलाल राजबंशीले ११५२ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा कमलप्रसाद भण्डारी र पदम लिम्बु अग्रता लिएका छन् । भण्डारीले १२९४ र लिम्बुले १२५२ मत पाएका छन् ।
अरु उम्मेद्वार उकालेन्द्रप्रसाद राजबंशीले १२४६ र उमाराम प्रसाइँले ११९७ र मत पाएका छन् ।

























