खोपसमेत ‘फेल’ गराउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ रोक्न के गर्दै छ सरकार?

A notice in Nepali from Mechinagar Ward No. 10

सुरुमा दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको खतरनाक नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ आफूकहाँ नभित्रियोस् भनेर विश्वका विभिन्न मुलुकले धमाधम दक्षिण अफ्रिकासहित अफ्रिकी मुलुकसँग आवतजावतमा प्रतिबन्ध लगाइरहेका छन् भने छेउकै छिमेकी भारतले पनि कडा मापदण्ड लागू गरिसकेको छ।

यस विषयमा नेपालले भने अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरेको सुनिएको छैन।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीर अधिकारीले यस विषयमा मन्त्रालयले कदम चालिसकेको दाबी गरेका छन्।

आइतबार बिहान नेपालखबरको जिज्ञासामा डा. अधिकारीले भने :

‘स्वास्थ्य मन्त्रालयले हामीले गर्ने कुराहरू, निगरानी बढाउने कुराहरू, त्यताबाट आउने मान्छेहरूलाई अनिवार्य क्वारेन्टिन गर्ने कुराहरूचाहिँ हामीले निर्देशन दिइसकेका छौं। नाकाहरूमा हाम्रा हेल्थ डेस्कहरूमा त्यहाँ पाेजिटिभ देखिएका मान्छेको सिक्वेन्सिङ अनिवार्य गर्नेगरी अगाडि बढाइसक्या छौं, अरू थप आवागमनका कुरामा, अन्य थप विषयमा सीसीएसमीको बैठक बसेर निर्णय होला।’

उनका अनुसार सीसीएमसीको बैठक आजै बस्ने सम्भावना छ।

दक्षिण अफ्रिकामा गत मंगलबार कोरोनाको नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पत्ता लागेको हो। जसलाई वैज्ञानिकले ‘ओमिक्रोन’ नाम दिएका छन्। यो नयाँ भेरिएन्ट डेल्टाभन्दा बढी खतरनाक रहेको विज्ञले बताएका छन्। नयाँ भेरिएन्टको संक्रमण दर अत्यन्त तीव्र हुने बताउँदै वैज्ञानिकहरूले यसविरुद्ध अहिले लगाइरहेका खोपले काम नगर्न सक्ने शंकासमेत व्यक्त गरेका छन्।

यसप्रति विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्व नै चिन्तामा परेको छ। विश्वका धेरै देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.