१२ मंसिर, मेचीनगर : १ नम्बर प्रदेश प्रमुख परशुराम खापुङ्ग बुधबार झापाको मेचीनगरमा आउने हुनुभएको छ । झापाको सवै भन्दा पुरानो महेन्द्रद्वार सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख परशुराम खापुङ्ग मेचीनगर आउन लाग्नु भएको संस्थाको अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो । साधारण सभा संस्थाको परिसरमा हुनेछ् ।
केहीदिनअघिमात्र अध्यक्ष दाहालसहित जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्गको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर प्रमुख अतिथिका लागि निमन्त्रणा गरेको थियो । निमन्त्रणा स्वीकार गरेर प्रदेश प्रमुख भए पछि उहाँ पहिलो पटक झापाको मेचीनगर आउन लाग्नुभएको हो ।
कात्तिक २२ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश नम्बर–१ मा परशुराम खापुङलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा १ नम्बर प्रदेश प्रमुखमा उहाँलाई नियुक्त गर्नुभएको हो थियो । प्रदेश प्रमुखमा सत्तारूढ दलहरूको भागबण्डा भएको थियो । प्रदेश–१ मा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य खापुङ प्रदेश प्रमुख हुनुभएको थियो ।

























