एमाले महाधिवेशन : साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

१२ मंसिर, चितवन : नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।

अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका हुन् । दिनभर विभिन्न नेतासँग छलफलमा व्यस्त रहेका ओलीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको बताइएको छ ।

पछिल्लो समय सोही सूचीमा आधारित रहेर छलफल भइरहेको स्रोतको भनाइ छ । छलफल सकेर साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भइरहेको बताइएको छ । ओली निकट नेता गोकुल बाँस्कोटाले पनि ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भएको रातोपाटीलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.