यूएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

A notice in Nepali from Mechinagar Ward No. 10

यूएईसँग पराजित भएसँगै सन् २०२३ मा हुने टी-२० विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको सम्भावना समाप्त भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै यूएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टी-२० ग्लोबल छनोटमा पुगेको छ ।

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रनमा समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यस्तै कविता कुँवर ४, रुबिना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।

बलिङतर्फ यूएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुसी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलले १ विकेट लिइन् । त्यसअघि आईसीसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । यूएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन् भने थ्रीथा सतिसले ४७ रन जोडिन् । काभिसा इगोडागेले २२ रन जोडिन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यूएई ५ खेलमा १० अङ्कका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.