सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।
महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।
रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् । उनीसँग नेता घनश्याम भूषाल र भीम आचार्यसमेत ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा परेका छैनन् ।
























