‘कांग्रेसको प्रदेश अधिवेशन निर्धारित मितिमै हुन्छ’

A notice in Nepali from Mechinagar Ward No. 10

१३ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सात प्रदेशको अधिवेशन निर्धारित मितिमै हुने बताइएको छ।

कांग्रेसले प्रदेश अधिवेशन मंसिर १५ मा उम्मेदवारी दर्ता गरी १६ र १७ गते गर्ने भनेर कार्यतालिका बनाएको र सोहीबमाेजिम नै प्रदेश अधिवेशन हुने महाधिवेशन निर्वाचन समितिले जनाएको छ।

तर प्रदेश अधिवेशन दुई दिन पर धकेलिएर १७ गते उम्मेदवारी दर्ता तथा १८ र १९ गते सातै प्रदेशको अधिवेशन हुने भनी विभिन्न सञ्चारमाध्यममा समाचारहरू आइरहे पनि महाधिवेशन निर्वाचन समितिका मुख्य अधिकृत गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशन निर्धारित मितिमै हुने बताएका हुन्।

आज (सोमबार) बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच बालुवाटारमा भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको भनी विभिन्न समाचार आइरहेका बेला उनले कुनै हालतमा सो अधिवेशन नसर्ने स्पष्ट पारेका हुन्।

‘प्रदेश अधिवेशन तोकिएकै समयमा हुन्छ, कुनै हालतमा सर्दैन,’ उनले भने, ‘सर्ने कुरा पनि हुन्न।’

त्यसैगरी निर्वाचन समितिकै अधिकृत सीताराम केसीले पनि प्रदेश अधिवेशन नसरेको र निर्धारित मितिमै  हुने जानकारी दिए।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.