बिर्तामोडमा नायारण गोपाल स्मृति साँझ हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१३ मंसिर, बिर्तामोड : साहित्य चौतारी विर्तामोड झापाले स्वरसम्राट नारायण गोपाल स्मृति दिवसको सन्दर्भ पारेर नारायण गोपाल स्मृति साँझको तयारी गरेको छ ।
साहित्य चौतारी विर्तामोड झापाका अध्यक्ष हस्त परियार तथा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ तथा संरक्षिका उर्मिला विमली श्रेष्ठको विशेष उपस्थितिमा वसेको बैठकले नारायण गोपाल स्मृति साँझको तयारी गरेको जनाएको हो ।
स्वरसम्राट नारायण गोपाल स्मृति दिवसको सन्दर्भ पारेर मंसिर १८ गते बेलुकी ५ बजेदेखि ८ बजेसम्म नारायण गोपाल स्मृति साँझको आयोजना गरिएको साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
नारायण गोपाल स्मृति साँझमा प्रसिद्ध गायक कुबेर राईको एकल गायनको कार्यक्रम राखिएको बताउँदै उनले सोही कार्यक्रममा अग्रज श्रष्टा शान्ती ठटाललाई विशिष्ठ सम्मान गरिने जानकारी दिए ।
होटल हिकोला हेरिटेज प्रालि. विर्तामोडको प्रायोजनमा हुने नारायण गोपाल स्मृति साँझको प्रमुख अतिथि अग्रज श्रष्टा शान्ती ठटाल र साहित्य चौतारी विर्तामोड झापाका मानार्थ सल्लाहकार वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारीको विशिष्ठ आतिथ्यता रहने उनले बताए ।
त्यसैगरी अर्जुनधारा जलेश्वरधाममा भइरहेको ३९ औं धार्मिक अनुष्ठानमा साहित्य चौतारी विर्तामोड झापाको तर्फबाट मंसीर १६ गते भजन सन्ध्याको कार्यक्रम गरिने र भजन सन्ध्या कार्यक्रमको प्रमुख अतिथि साहित्य चौतारी विर्तामोड झापाका मानार्थ सल्लाहकार वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारी रहने उनले जानकारी दिए ।
कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापाका वरिष्ठ सल्लाहकार अनिरुद्र ओली, राजेन्द्र संग्रौला, कोषाध्यक्ष भवानी गौतम, सहसचिव देवीचरण भण्डारी, सदस्यहरु तुलसीप्रसाद भट्टराई, मणी वर्देवा, जीवनजगदिस धिताल, सुनिता तामाङ, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी विर्तामोड झापाकी महासचिव खगेन्द्रा खुशीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.