एमालेको नेतृत्व चयन गर्न मतदान सुरू : मतदानको लागि भोटिङ्ग मेशिनको प्रयोग

A notice in Nepali from Mechinagar Ward No. 10

१४ मंसिर, चितवन : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।

मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरे ।

। त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति भोट हालिसके । विद्युतीय मेसिनमार्फत भोट हालेपछि ओलीले भने,’ मलाई त सजिलो लाग्यो मतदान ।’ ओलीले ८ मिनेटमा भोट हालिसकेका थिए । सँगै सुरू गरेपनि पहिला ज्ञवालीले मतदान गरिसके ।

प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको छ । युवा वैज्ञानिक रामलक्ष्मणले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने बताइएको छ ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले भने, ‘सदस्य नवीकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

निर्वाचन आयोगका अनुसार यसअनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । अध्यक्षका उम्मेदवार भीम रावल पछाडि हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको भन्दै उनले भने, ‘सर्वसम्मति नभएकाले लोकतान्त्रिक प्रतिस्पर्धा भयो, यसलाई सहज र स्वभाविक ढंगले लिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.