राप्रपा माधिवेशन उद्घाटन सत्रमा राजेन्द्र लिङ्देनको सम्बोधनको पूर्णपाठ

A notice in Nepali from Mechinagar Ward No. 10

राष्ट्रिय प्रजातन्त्र पार्टीको यो ऐतिहासिक महाधिवेशनमा हामी सहभागी भइरहँदा म अघिल्लो चोटी सडकमा भएको एकता महाधिवेशनको उद्घाटन समारोह स्मरण गर्न चाहन्छु । त्यसबेला नेपालका तीनवटै ठूला पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका बिचमा राप्रपाको प्रसंशा गर्नमा प्रतिष्पर्धा नै चलेको थियो ।

राप्रपालाई कसले नजिक राखेर जाने भन्ने कुरामा उहाँहरुको प्रतिष्पर्धा चलेको थियो । र, राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा नयाँ शक्तिको रुपमा उदय र विकास भइरहेको छ भन्ने कुरा उहाँहरुले आफ्नो सम्बोधनबाट व्यक्त गरिरहनभएको थियो ।

तर, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता लामो समय टिक्न सकेन मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी आज यहाँसम्म आइपुग्दा देशको राष्ट्रिय मान्यताप्राप्त पार्टीसम्म बन्न सकेन । तीन प्रतिशत कटाउन नसक्ने पार्टी बन्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दा आज सडकमा सर्वाधिक लोकप्रिय बन्दै गइरहेको छ । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा मानिसहरु हजारौँको संख्यामा निस्किरहेका छन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ छ रु यो महाधिवेशनका बेला यसो चल्मलाएदेखि बाहेक वेपत्ता अवस्थामा छ । त्यसमाथि पनि एकीकरणपछिको दुई वर्ष त झन् राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्णरुपले गतिविधिशून्य भयो । राष्ट्रिय राजनीतिबाट वेपत्ताजस्तो अवस्थामा रहेको छ ।

म अध्यक्षत्रयलाई भन्न चाहन्छु, मैले पार्टी एकीकरणकै समय पनि तपाईंहरुका लागि सच्चिने र सँच्याउने अन्तिम मौका हो भनेर भनेको थिएँ । तर, यो दुई वर्षको पार्टीको गति र पार्टीको चल्ने शैली हेर्दाखेरी अब यो पार्टी यही ढंगले, यही कार्यशैलीबाट चल्ने हो भने के हुन्छ सबैलाई थाहा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तमाम महाधिवेशन प्रतिनिधि साथीहरुलाई म आह्वान गर्न चाहन्छु, यो हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासको अत्यन्तै महत्वपूर्ण घडी हो, जीवन रोज्ने कि मृत्यु रोज्ने रु

यही कार्यशैलीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अगाडि लैजाने हो भने कसरी तीन प्रतिशत कटाउने अनि कुनै एउटा पार्टीसँग मिलेर कसरी दुई÷चार सिट जित्ने भन्ने कुरामा मात्रै केन्द्रित हुन्छ ।

जोडजाड गरेर ८/१० सिटको पार्टी बनाउने र कुनै पार्टीको पिछ्वा बनेर केही मान्छेलाई मन्त्री बनाउने पार्टी बन्न सक्ला, तर यही कार्यशैलीले राजसंस्था पुनःस्थापना गर्ने, हिन्दु राष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन ।

त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको अग्रणी पार्टी बनाउने, देशलाई राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना गरिदिने, देशमा भ्रष्टाचारमुक्त वातावरण सिर्जना गर्ने, सुशासन कायम गर्ने एउटा बलियो शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विकसित गर्ने हो भने हामीले अब नयाँ ढंगले जाने बेला आएको छ ।

यो हामी केही व्यक्तिको कुरा होइन । एउटा पार्टी रहने वा नरहने कुरा होइन । हामीले बोकेको मुद्दा रहने÷नरहने भन्ने प्रश्न उठिसकेको छ । हामीले यो मुद्दा जीवित राख्नका लागि, यो मुद्दालाई स्थापित गर्नका लागि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिर रहेका हाम्रा समान बिचारधारा राख्ने व्यक्ति, समूह, संगठन, संस्था, पार्टी र अन्य धार्मिक क्षेत्रलाई पनि समेट्ने ढंगले अगाडि बढ्न जरुरी छ ।

जबसम्म हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिर रहेका हाम्रा समान बिचारधाराका मानिसहरुलाई जुटाएर लैजान सक्दैनौँ, तबसम्म राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको कुरा होस् या राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको अग्रणी पार्टी बनाउने कुरा, यो केवल कोरा कल्पना मात्रै हुन्छ ।

म मेरा अभिभावकहरुलाई आग्रह गर्न चाहन्छु, एउटा निकाश निकाल्नुहोस् । एउटा इतिहास रच्ने काम गर्नुहोस् । दुईजना अध्यक्ष ९पशुपति शमसेर जबरा र डा। प्रकाशचन्द्र लोहनी० ले त हिजो एकै दिन आफ्नो राजनीतिक जीवनको एउटा सर्वोत्तम दिनको निर्माण गर्नुभएको छ । उहाँहरुप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी सदा ऋणि र कृतज्ञ रहनेछ । म धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । र, यही कुरा म अर्का अध्यक्षज्यू ९ कमल थापा० लाई पनि सादर निवेदन गर्न चाहन्छु । समयको पदचापलाई बुझ्नुहोस् । समयको पदचापलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिनुहोस् ।

तपाईंहरु काम नलाग्ने हुनुभयो, तपाईंहरु फेल हुनुभयो भनेर हामीले भनेकै छैन । तपाईंहरुको योगदान, तपाईंहरुको भूमिका राष्ट्रिय प्रजातन्त्र पार्टीमा अझै पनि चाहिन्छ । तर, एकचोटी यो कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुप¥यो । एकचोटी यो कार्यकारिणी भूमिका फेरेर हेर्नुप¥यो । यो कुरा म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु ।

म यति पनि असभ्य छैन कि म संस्कारको राजनीतिलाई भुलौँ । म आधा घण्टा यहाँ चिच्याएर यो सभालाई उत्तेजित गराउँदिनँ । मैले समयसीमालाई बुझेको छु । फेरि पनि देशभरिबाट आउनुभएका सबै महाधिवशन प्रतिनिधिहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । बधाई ज्ञापन गर्न चाहन्छु । र, आफ्नो भनाइ यहीँ टुंग्याउँछु । धन्यवाद । जय राष्ट्र । जय जनता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.