१७ मेचीनगर, मंसिर : भारतको सिक्किममा हालै सम्पन्न ‘चौथो स्ट्रेन लिफ्टीङ च्याम्पियनसीप’ प्रतियोगितामा नेपालले २१ स्वर्णसहित ३० वटा पदक हात पार्न सफल भएको छ । स्ट्रेन लिफ्टीङका राष्ट्रिय प्रशिक्षक तथा निर्णयक अर्जुन क्षेत्री लम्सालका अनुसार नेपालले २१ स्वर्ण, ५ रजत र ४ काश्य पदक उचाल्न सफल भएको हो । प्रतियोगितामा १३ देखि ७० वर्षमाथिका खेलाडी सहभागी थिए । प्रतियोगितामा नेपाली अफिसियल टिम तथा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
क्षेत्रीका अनुसार नेपाली टोलीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो । झापा,दाङ,सुर्खेत,पोखरा,काठमाण्डौं, रौतहट, जाजरकोट, वुटबल, कपिलवस्तु, नवलपरासीबाट नेपाली खेलाडी सहभागी थिए । वेट लिफ्टीङ र पावर लिफ्टीङ भन्दा ज्यादैं नौलो र आर्कषकका रुपमा स्ट्रेन लिफ्टीङलाई लिने गरिएको छ । यस प्रतियोगितामा सिनियर, जूनियर र माष्टर खेलाडीले सहभागी जनाउन सक्ने राष्ट्रिय प्रशिक्षक तथा निर्णयक क्षेत्रीले जानकारी दिनुभयो ।
सिक्किम स्ट्रेन लिफ्टीङका प्रमुख प्रशिक्षक र सिक्किमका मेन अफ द आइरन पेमादोर्जे भोटिया, सिक्किम सरकारका मन्त्री अरुणकुमार उप्रेती, वनमन्त्री कर्मलोडे भुटिया र स्ट्रेन लिफ्टीङका जन्मदाता बाबुलविक्रम पत्रान नेपाल स्ट्रेन लिफ्टीङका प्रमुख प्रशिक्षक जीवन गिरीलगायतको सहभागिता रहेको थियो । सिक्किम स्ट्रेन लिफ्टीङ एशोसिएशनले आयोजना प्रतियोगितामा मिष्टर नेपाल ललित नुनिया धिमालले शारीरिक सुगठन प्रदर्शन गरेका थिए । अब २०२२ को मार्चमा क्रिकिस्थानमा विश्व स्ट्रेन लिफ्टीङ च्याम्पियनसीप’ प्रतियोगिता हुने छ ।


























