१९ मंसिर, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्।
अहिलेसम्म दुई हजार मत गणना भएको छ। जसमा लिङ्देनले ९२२ मत प्राप्त गरेका छन्।
त्यस्तै, अध्यक्षका अर्का प्रत्यासी कमल थापाले ८१८ मत प्राप्त गरेका छन्। थापा १०२ मतले पछाडि छन्।
अहिलेसम्म २६० मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८७३ मत खसेका थिए।
























