कांग्रेस प्रदेश अधिवेशन : प्रदेश-१ मा गुरु घिमिरेको अग्रता

A notice in Nepali from Mechinagar Ward No. 10

१९ मंसिर, विराटनगर: नेपाली कांग्रेस प्रदेश १ को मतगणनामा गुरुराज घिमिरेले अग्रता लिएका छन् । २ सय मत गणना हुँदा घिमिरेले १ सय ८ मतसहित अग्रता लिएका हुन् ।

प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार बेलुका सवा ५ बजेसम्म २ सय मत गणना गर्दा संस्थापन इतर पक्षका उम्मेदवार घिमिरेले १ सय ८ पाएका छन् । संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले ८३ मत पाएका छन्।

दुई सय मत गणना हुँदा उपसभापतिमा टंक राईले ९७ मतसहित अग्रता बनाएका छन्। रमेशजङ रायमाझीले ८७, गोविन्द ढुंगानाले ८५ र विश्वनाथ रिजालले ८२ मत पाएका छन्।

यस्तै महामन्त्रीका उम्मेदवार उमेश थापाले ९६ मत र दिपेनकुमार श्रेष्ठले ८९, भुपेन्द्र राईले ८८ र पदम सुन्दर पालुङवाले ८४ मत पाएका छन्।

सहमहामन्त्री महिलातर्फ सीता कार्कीले ९७ र प्रमिला गच्छदारले ८७ मत पाएका छन् । सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो १ सय १९ मत, विरकाजी राई ८४, विनोदकुमार बस्नेत ८२, रोहितकुमार साह ७१ र शुभचन्द्र राईले ७ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.