प्रदेश १ काे सभापतिमा थापा निर्वाचित, गुरुराज २ मतले पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

२० मंसिर, विराटनगर : नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाकाे समर्थन थियाे ।

थापाले ८ सय ४४ मत ल्याउदा घिमिरे २ मतले पराजित भए । घिमिरेले ८ सय ४२ मत पाए । शनिबार भएको निर्वाचनमा १ हजार ७ सय ५२ मत खसेको थियाे ।

सभापतिमा निर्वाचित थापा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति हुन् ।

प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी जितेका छन् । महामन्त्री पदमा संस्थापनका भुपेन्द्र राईले ८ सय २४ र संस्थापनइतरका उमेश थापाले ८ सय २३ मत ल्याएर जितेका छन् ।

सहमहामन्त्रीमा खड्ग फागाे, बिनाेद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.