किसानलाई राहत उपलबध गराउन एमालेको माग

A notice in Nepali from Mechinagar Ward No. 10

२१ मंसिर, मेचीनगर :  नेपाल सरकारले घोषणा गरेको कार्यक्रमलाई तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाई तोकिएको अनुदान सहयोगलगायतका अन्य सूविधा नगरवासीलाई उपलब्ध गराउन माग गदैं नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेचीनगर नगर कमिटीले स्थानीय सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा जिल्ला सदस्य डिल्लीरमा घिमिरे नेतृत्वको टोलीले मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । जिल्ला सदस्य घिमिरेले प्रदान गरेको ज्ञापन पत्र नगरप्रमुख आचार्यले ग्रहण गर्नुभएको थियो । बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षति विवरण संकलन गरेर किसानहरुलाई राहत उपलब्ध गराउन समेत ज्ञापन पत्रमा माग गरिएको छ ।

कार्तिक महिनामा आएको हावाहुरी तथा मुसलधारे अविरल वर्षाको कारण उठाउने बेलाकोे धान बालीमा अत्यन्तै ठुलो क्षति भएको र त्यसले किसानको मिहेनत र श्रम समेत खेर गएकोले किसान परिवारले ठुलो नोक्सानी ब्यहोर्नुको साथै श्रम प्रति नै निरासा जाग्दो अवस्था रहेको हुँदा प्रकृतिबाट नै ठगिएका पिडित नगरबासी कृषक ( किसान)को क्षति अनुगमन एवम् मूल्याङ्कन गरी स्थानीय सरकारको समेत भूमिका र जिम्मेवारी हुने गरी राहत उपलब्ध गराउन ज्ञापन पत्रमा माग गरिएको छ ।

कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब जनतालाई प्रति घर परिवार १० हजार रुपैयाँका दरले चालु आर्थिक वर्षमा राहत स्वरुप अनुदान प्रदान गर्न समेत पार्टीले आग्रह गरेको छ । पार्टीका मेचीनगर अध्यक्ष राजु पोखरेलले ज्ञापन पत्र वाचन गर्नुभएको थियो । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख आचार्यले स्थानीय सरकारले गर्नुपर्ने साथ सहयोग गर्ने आश्वसन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.