सन्दर्भः लैगिक हिंसा विरुद्घको १६ दिने अभियान मेचीनगरमा कार्यशाला गोष्ठी

A notice in Nepali from Mechinagar Ward No. 10

२१ मंसिर, मेचीनगर : लैगिक हिंसा विरुद्घको १६ दिने अभियान अन्तर्गत मंगलबार झापाको मेचीनगरमा मानव बेचबिखन र लैङ्गिक हिंसा तथा लैङ्गिक हिंसा विरुद्घका नीति सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका र अमेरिकी सरकारको आर्थिक सहयोग तथा विभिन्न संघ संस्थाको साझेदारीमा गैरसरकारी संस्था शक्ति समूहले कार्यक्रमको आयोजना गरेको थियो ।

शक्ति समूह मानब बेचबिखनबाट प्रभावित महिलाहरुद्वारा सन् १९९६ मा स्थापित तथा सञ्चालित विश्वको पहिलो संस्थाको रुपमा परिचित गैरसरकारी संस्था हो । गोष्ठीको मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विधिवत उद्घाटन गर्नुभएको थियो । उद्घटान मन्तव्य राख्दैं उपप्रमुख उप्रेतीले अहिले नेपालको कानुन महिला मैत्री भएको बताउँदैं देशका हरेक जिम्मेवारी निकायमा ४२ प्रतिशत महिलाको उपस्थिती रहेको जानकारी गराउनुभयो ।

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान सञ्चालन गदैं गर्दा अहिले पनि मानव बेचबिखन र लैङ्गिक हिंसा जारी रहेको उहाँको भनाई थियो र तर, यस्ता कार्यक्रमले सचेतना दिने गरेका कारण घटनाको संख्यामा कमि आएको परिणामले देखाएको उहाँले दावी गर्नुभयो । अहिले पनि हाम्रो समाजमा महिला र पुरुषबीच विभेद रहेको भन्दैं उपप्रमुख उप्रेतीले सबै भन्दा पहिला समाजले महिला तथा पुरुषलाई हेर्ने सोच, हेराई र दृष्टिकोणमा अभियानले परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो ।

हाम्रो जस्तो पितृसतात्मक यो मुलुकमा महिलालाई हेर्ने दृष्णिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण रहेको उहाँको तर्क थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले शिक्षाको कमी, बेरोजगार, आर्थिक अवस्था कमजोर तथा चेतना अभावकै कारण अहिले पनि हाम्रो समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाका घटना ज्यूँका त्यूँ रहेको प्रष्ट पार्नुभयो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले आफ्नै घर र आफन्त, विद्यालय, समाजबाटै महिला तथा बालबालिका असुरक्षित रहेको बताउनुभयो । यसरी आफन्त र आफ्नै घरबाट असुरक्षित हुनु निक्कै गम्भीर कुरा भएको उहाँको भनाई थियो । अब मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्नका हरेक समाज सचेत हुनुपर्ने र समूदाय स्तरबाटै चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा अधिवक्ताद्वय कोपिला बस्नेत र रमेश रोहिलाले मानव बेचबिखन र लैङ्गिक हिंसा तथा लैङ्गिक हिंसा विरुद्घका नीति सम्बन्धी सहभागीहरुलाई प्रशिक्षण दिनुभएको शक्ति समूह परियोजनाकी झापा अधिकृत रजनी श्रेष्ठले जानकारी दिनुभयो । परियोजना संयोजक जानुका खतिवडाको अध्यक्षतामा भएको गोष्ठीमा सहभागीहरुले महिला या पुरुषमाथि हुने जस्ता सुकै हिंसाका घटना हुन नदिन तथा त्यसको अन्त्य गर्न प्रत्येक घर घरबाट शुरु गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन परियोजनाका काउन्सिलर मीरा भट्टराई र स्वागत इलाम काउन्सिलर सम्झना प्रसाईले गर्नुभएको थियो ।

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान सञ्चालन हुदैं आएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका एउटै परिवारका तिन दिदीबहिनीको त्यहाँको तानाशाही सरकारले हत्या गरेको सन्दर्भसंग यो अभियान जोडिएको जानकारहरु बताउँछन् । यसवर्षको यो अभियानको प्रमुख नारा ‘घरबाटै शुरु गरौ,महिला हिंसा अन्त्य गरौं’ भन्ने रहेको छ ।

सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्घको दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गदैं डिसेम्बर १७ मा पारित भएको थियो । अहिले नेपालमा पनि १६ दिने अभियान मनाउन थालिएको छ । हाम्रो देशमा पनि यस्ता कार्यक्रम विविधरुपमा मनाईने गरीन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.