भारतीय सेनाको हेलिकप्टर दुर्घटना, चिफ अफ डिफेन्स स्टाफ सहित १३ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, नयाँ दिल्ली : हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपिन रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको छ। भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको जनाएको छ।

मंगलबार भारतीय राज्य तमुलनाडुमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परि अधिकांशको शव जलेर चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका थिए। रावतसहित केहीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।

हेलिकप्टर दुर्घटनाप्रति भारतीय रक्षा मन्त्री राजनाथ सिंह लगायतका नेताहरुले गहिरो दुःख प्रकट गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश समेत दिइएको छ। दुर्घटनाबारे भारतीय रक्षा मन्त्रीले संसदलाई समेत जानकारी गराउने बताइएको छ।

रावत यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेर बाँचेका थिए। यसअघि भारतीय स्थल सेनाध्याक्ष रहेका उनलाई सन् २०२० मा भारतमा नयाँ प्रयोगका रुपमा रक्षाध्यक्ष (चिफ अफ डिफेन्स स्टाफ) बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.