गगन थापाको अवधारणापत्र – समृद्ध नेपाल होइन, समुन्नत नेपाल

A notice in Nepali from Mechinagar Ward No. 10

२३ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाले पार्टी महाधिवेशनलाई लक्षित गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा अघि सारेका छन् ।

आज आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी औपचारिकरूपमा घोषणासहित उनले अवधारणापत्र प्रस्तुत गरेका हुन् ।

यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा स्थापित गरेका थिए । थापाले त्यसैको नक्कल गरेको प्रतिक्रिया आइरहँदा थापाले यी दुई अवधारणामा धेरै भिन्नता भएको बताए ।

समृद्ध नेपाल र समुन्नत नेपाल फरक कुरा भएको उनको विश्लेषण छ ।

थापाले भने, ‘समृद्ध नेपालका परिकल्पनाकारले बोलेको भाषणका अन्तरवस्तु हेर्नुस् । पानीजहाज, फराकिलो बाटो, भ्यूटावर, चुच्चे रेल… तर त्यो रेलमा बस्ने मान्छेको अत्तोपत्तो छैन । भ्यू टावर छ, तर, त्यहाँबाट भुइँ मान्छे देखिँदैनन् ।’

थापाले समुन्नत नेपाल भनेको गन्तव्य नभएर निरन्तरको यात्रा र संकल्प भएको बताए । भोलिका दिनमा वंश, जात र लिंगका आधारमा हुने विभेद घट्दै गयो भने देश समुन्नतितर्फ लागेको भन्न मिल्ने उनको भनाइ छ ।

‘जनताका न्यूनतम आवश्यकताको स्तर बढ्दै गयो भने त्यसलाई समुन्नतितर्फ बढ्दै गयो भन्न सकिन्छ,’ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.