‘नेपाल नै पर्याप्त छ, संघीय लोकतान्त्रिक गणतन्त्र जोड्न पर्दैन’

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं | परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल’ आफैमा पर्याप्त भएकोले देशको नाम अगाडि फेरि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ जस्ता विशेषण जोड्न आवश्यक नरहेको बताएका छन्।

संसदको राज्य व्यवस्था समितिको छलफलमा सहभागी हुँदै सोमबार परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको स्पष्ट पारेका हुन्।

परराष्ट्रमन्त्री ज्ञवाली भने, ‘नेपाल नै पर्याप्त छ, संघीय लोकतान्त्रिक गणतन्त्र जोड्द पर्दैन।’ उनले नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्‍ने औपचारिक निर्णय नभएको दाबी गरे। कहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, कहिले नेपाल मात्र लेख्‍ने गर्दा अलमल भएकोले एकरुपता ल्याउन सरकारले नेपाल मात्र लेख्‍ने निर्णय गर्नु परेको उनको भनाइ थियो।

केही दिनअघि मन्त्रिपरिषद्को बैठकले मुलुकको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्‍ने निर्णय गरेपछि यसको आलोचना तथा विरोध भएको थियो। उनले यसलाई राजनीतिक परिवर्तन तथा बदलिएको शासकीय प्रणालीसँग जोड्न आवश्यक नरहेको बताए। उनले भने, यो देशको नामको सन्दर्भमा गरिएको निर्णय हो। हाम्रो शासन प्रणालीका सम्बन्धमा प्रश्‍न उठाउनु गलत हो। संघीयता लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा कमी आउन खोजेको हो कि भन्ने अर्थ लगाउनु अनुचित हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.