कांग्रेस सभापतिमा देउवा, निधि, सिंह, कोइरालासहित ६ जनाको उम्मेदवारी

A notice in Nepali from Mechinagar Ward No. 10

२५ मंसिर, काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ।

काठमाडौंमा जारी १४औं महाधिवेशनको दोस्रो दिन उम्मेदवारीका लागि बिहान १० देखि ५ बजेसम्मको समय केन्द्रीय निर्वाचन समितिले तय गरेको थियो। निर्धारित समय समाप्त हुँदा ६ जनाको उम्मेदवारी परेको हो।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पनि सोही पदमा दोहोरिने आकांक्षा राख्दा यसअघि उपसभापति रहेका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवार दिएका छन्।

त्यसैगरी नेता प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्।

देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्ण बहादुर खड्का तथा महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडलले उम्मेदवारी दिएका छन्।

निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्।

शेखर प्यानलबाट उपसभापितमा धनराज गुरुङ र चन्द्र भण्डारी उम्मेदवार रहेका छन्। सोही प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल महामन्त्री उम्मेदवार बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.