कांग्रेस महाधिवेशनमा ३६ सय मत खस्यो, राति १० बजेसम्म मतदान हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२७ मंसिर, काठमाडौँ : कांग्रेस महाधिवेशनमा सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको छ।

बिहान ११ बजेदेखि सुरू भएको मतदान रातिसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो। तर, अब राति १० बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले बताए।

राति १० बजेसम्ममा मतदान सकिने आशा राखिएको उनले बताए। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले सहभागिता जनाउँदैछन्।

महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.