२७ मंसिर, काठमाडौँ: कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानमा सभापति पदका लागि ४,२०० मत खसेको छ ।
साँझ साढे ८ बजेसम्म सभापतिमा ४,२०० मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई बताए । सभापतिबाहेक अन्य पदमा ३५०० मत मात्र खसेको उनले जनाए ।
निर्वाचन समितिले ९ बजेसम्म मतदानको समय तोकेको भएपनि त्यस अवधिमा नसकिने भएपछि मतदानको समय १० बजेसम्म थपिएको श्रेष्ठले बताए ।
यद्यपी, मतदान गर्न बाँकी रहेका प्रतिनिधिहरु मतदान परिसरमा प्रवेश गरिसकेको समेत उनले जानकारी दिए ।
मतदान सकिएपछि मतगणना गर्ने भनिएतापनि हालसम्म कतिबजेबाट मतगणना शुरु गर्ने भन्ने बिषयमा निर्णय भईसकेको छैन् ।
























