क्यानको विवादस्पद निर्णय : नेपाली क्रिकेट टिमको कप्तानमा सन्दीप, ४ खेलाडी कारबाहीमा

A notice in Nepali from Mechinagar Ward No. 10

२९ मंसिर, काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।

क्यानको बुधबार बसेको बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

पछिल्लो पटक क्यानले गरेको नयाँ वर्गीकरणमा मल्ललगायत केही खेलाडीले त्यसको विरोध गरेका थिए।

यसबारे क्यानले दुई पटक स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नभएको भन्दै मल्ललाई कप्तानीबाट हटाउने निर्णय गरेको जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठकले कप्तान फेर्ने निर्णय गरेको र सन्दीपलाई आजैदेखि कप्तानको जिम्मेवारी दिने निर्णय गरेको बताए।

क्यानले दीपेन्द्रसिंह ऐरीलाई पनि उप-कप्तानबाट हटाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व पारस खड्काले छाडेपछि क्यानले मल्ललाई कप्तान र ऐरीलाई उप-कप्तान नियुक्त गरेको थियो।

पारस कप्तान भएको वेला मल्ल उप-कप्तान थिए।

मल्लले सन् २०१९ मा भएको एसिसी इमर्जिङ नेसन्स कपबाट राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए।

यी ४ खेलाडीले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गरेको दाबी क्यानले गरेको छ।

कारबाही गरेका ४ खेलाडी ज्ञानेन्द्रसहित दीपेन्द्र, कमलसिंह ऐरी र सोमपाल कामीसँग क्यानले ६ महिना सम्झौतासमेत नगर्ने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.