मुटुमा समस्या आएपछि अग्युरोले लिए फुटबलबाट संन्यास

A notice in Nepali from Mechinagar Ward No. 10

२९ मंसिर, काठमाडौँ : स्टार फुटबल खेलाडी सर्जियो अग्युरोले संन्यास लिने घोषणा गरेका छन्।

मुटुमा समस्या आएपछि ३३ वर्षीय अग्युरोले फुटबलबाट संन्यास लिने बुधबार घोषणा गरेका हुन्।

यसै सिजन स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका अग्युरोले क्लबमा आबद्ध भएको ६ महिनामै संन्याल लिनु परेको हो।

गत ३० अक्टोबरमा अस्पताल भर्ना भएपछि उनको मुटुमा समस्या भएको थाहा भएको थियो। उनले आफ्नो करिअरमा ७८६ खेल खेल्दै  ४२७ गोल गरे।

गत सिजनको अन्त्यबाट इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको सम्झौता सकिनुअघि अग्युरो बार्सिलोनामा आबद्ध भएका थिए। अग्युरो र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भएको थियो। ।

अग्युरोले सिटीमा १० वर्ष बिताए। उनी सिटीका लागि सर्वाधिक गोलकर्ता बने। उनले सिटीबाट ३९० खेल खेल्दै २६० गोल गरे। सिटीबाट खेल्दा उनले १५ मुख्य उपाधि जिते।

सन् २००३ बाट करिअर सुरू गरेका अग्युरो सन् २००६ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका थिए। त्यसपछि उनले सन् २०११ मा सिटीसँग सम्झौता गरेका थिए।

अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००६ मा डेब्यू गरेका उनले राष्ट्रिय टिमबाट १०१ खेल खेल्दा ४१ गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.