१०७५ मत गणना : कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

A notice in Nepali from Mechinagar Ward No. 10

१ पुस, काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रदीप पौडेल र प्रकाशशरण महत भने अन्य उम्मेदवारहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।

१०७५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ६७३ मत पाएका छन् । विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मिनेन्द्र रिजालले १९४ मत पाएका छन् । महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्की ३८ मतसहित सबैभन्दा पुछारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.