पटाका पड्काउँदा आगलागी, ६ घर जल्यो

झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति

सप्तरी । बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ ।

नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.