माओवादी केन्द्र प्रदेश १ : पदाधिकारीका लागि मतदान, परिणाम घोषणा र शपथ आजै

A notice in Nepali from Mechinagar Ward No. 10

७ पौंष, विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ को चुनाव ७ बजेर ५ मिनेटमा सुरु हुने भएको छ।

नेकपा (माओवादी केन्द्र) को २ सातादेखि जारी सहमति प्रयास असफल  भएपछि पदाधिकारी चयनका लागि चुनाव हुने भएको हो।

चुनाव हुने भएपछि निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ।

यस्तो छ निर्वाचन कार्यतालिका

जसअनुसार मतदाता नामावली ४ बजे प्रकाशन गरेको छ भने मतदाता नामावलीमा दाबी विरोधको समय साढे ४ सम्म रहेको थियो।

मतादाता नामावलीमा परेको दाबी विरोधको सूचना प्रकाशन ४ः४० मा गर्ने कार्यतालिकामा उल्लेख थियो।

दाबी विरोधमाथि छानबिन र निर्णय ५ बजे, अन्तिम मतदाता नामावली प्रकाशन ५ः०५, उम्मेदवारको मनोनयनपत्र दर्ता ५ः१०, मनोनयनपत्र दर्ता सूची प्रकाशन ५ः४०, उम्मेदवारको विरोधमा उजुरी दिने ५ः४५, उम्मेदवारको विरोधमा उजुरीको सूचना ५ः५०, उजुरीउपर छानबिन र निर्णय ६ बजे, उम्मेदवारको नामावली पुन प्रकाशन ६ः१०, उम्मेदवारको नाम फिर्ता ६ः५०, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ७ बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ।

मतदान सकेर ९ बजे मतगणना सुरु हुने साथै आजै ११ बजे मत परिणाम घोषणा गर्ने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ।

साथै निर्वाचित पदाधिकारीलाई राति साढे ११ बजे नै शपथग्रहण गराउने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।

यी हुन् पदाधिकारीका उम्मेदवार

अध्यक्षका लागि हर्कबहादुर नेम्बाङ मिक्सो (पाँचथर), र मुक्साहाङ मेन्याङ्बो (सुनसरी)बीच प्रतिष्पर्धा हुने माओवादी नेताले जनाएका छन्।

९ पदाधिकारीका लागि ४० जनाभन्दा बढीको दाबी थियो। तर, चुनावी प्रक्रिया सुरु हुने बेलामा यो संख्या घटेको छ।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विक लगायतले दाबी गरेका छन्।

यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन्।

खुल्ला उपाध्यक्षमा सुनसरीका भोला बस्नेतले दाबी गरेका छन्।

अध्यक्षमा दाबी गर्नेहरू मध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ।

सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्रविक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.