भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

-गंगा बराल
८ पौंष, काठमाडौँ : ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध रचनात्मक क्रियाकलापका साथ बुधबार मनाएको छ ।
यस अवसरमा भद्रपुर ६ स्थित होटल सिटी गार्डनको परिसरमा बृहत समारोह आयोजना गरिएको थियो । नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।
साँस्कृतिक प्रस्तुतिहरुका साथ आयोजित समारोहमा प्रमुख अतिथि घिमिरेले बालबालिकाको सर्वांगीण विकासबिना समृद्ध राष्टको कल्पना गर्न नसकिने बताउँदै भद्रपुर नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गरे । उनले सबै स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।
समारोहमा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफूहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै भद्रपुरमा बालमैत्री अभियान शुरु गरेको र अभियानले पाएको सार्थकतापछि अहिले देशभरिका स्थानीय तहहरुका लागि भद्रपुर नगरपालिकाका सिकाइको थलो बनेको उल्लेख गरे ।
सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई समन गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो बालमैत्री गीतका रचनाकार सत्य राजवंशी, संगीतकार हरि पौडेल, बालमैत्री बानी व्यवहार प्रदर्शन गर्ने शिक्षकका रुपमा वीरेन्द्र माविका शिक्षक गंगा घिमिरे, पूर्व शिक्षक कैलाश राईलगायत भद्रपुरको बालमैत्री अभियानमा सक्रिय साथ सहयोग पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्व तथा संघ संस्थालाई सम्मान गरिएको थियो । दिवसकै सन्दर्भ पारेर एक सातासम्म सञ्चालन गरिएका विभिन्न विधाका प्रतियोगिताका विजयी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।
यसैगरी नगर बाल सञ्जालको तर्फबाट नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ र बालमैत्री अभियानका फोकल पर्सन टिकाराम पाण्डेलाई विशेष सम्मान गरिएको थियो ।
सोही अवसरमा ६ जना विपन्न विद्यार्थीलाई साइकल वितरण गरिएको थियो ।
समारोहमा प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं, बालमैत्री अभियानकर्मी सुमन ढकाल, इटहरी नगर बाल सञ्जालका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्ग मंसिर २५ गते नगरस्तरीयअन्तर विद्यालय (आधारभूत र मावितह)–स्तरीय नृत्य प्रतियोगिताआयोजना गरिएको थियो । प्रतियोगितामा मावितर्फ सगरमाथा मावि (भद्रपुर २) प्रथम, प्रज्ञा एकाडेमी (भद्रपुर ९) द्वितीय, हिमाली नमूना मावि (भद्रपुर १) तृतीय भएका थिए । आधारभूततर्फ वीरेन्द्र मावि (भद्रपुर ७) प्रथम, हिमालीमावि (भद्रपुर १) द्वितीय, सीताआधारभूतविद्यालय (भद्रपुर २) तृतीय भएका थिए ।
मंसिर २९ गते चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो । चित्रकलातर्फ मोर्डन इङलिश स्कूलका एस्योन राई प्रथम, सगरमाथा माविका कृष्ण तामाङ द्वितीय, वीरेन्द्र माविका अमितलाल राजवंशी तृतीय भए । वक्तृत्वकलातर्फ सगरमाथा माविकी जस्मिन थापा प्रथम, वीरेन्द्र माविकी अनामिका कार्की द्वितीय र चन्द्रभानुज्योति मावि (भद्रपुर ३)–की सन्ध्या राई तृतीय भएका थिए ।
पुस १ गते दौड तथा निबन्ध प्रतियोगिता आयोजना गरियो । भद्रपुर २ सगरमाथादेखि भद्रपुर ३ ज्ञानेचोकसम्म गरिएको छात्रतर्फ (आधारभूत)–को दौड प्रतियोगितामा इष्टपोइन्ट इङलिश स्कूल (भद्रपुर ४) का आकाश राजवंशी प्रथम, चन्द्रभानुज्योति माविका सुजन पोखरेल द्वितीय र वीरेन्द्र माविका निश्चल खनाल तृतीय भए । छात्रातर्फ सगरमाथा माविकी बिन्दा राई प्रथम, पशुपतिनाथ विद्यालय (भद्रपुर ९) रक्षा मर्डी द्वितीय र हिमाली माविकी सुमित्रा सोरेन तृतीय भए । यसैगरी भद्रपुर ३ ज्ञानेचोकदेखि भद्रपुर ४ झापाचोकसम्म गरिएको छात्रतर्फ (मावि)को दौड प्रतियोगितामा भद्रपुर मावि (भद्रपुर ५)–का हपना टुडु प्रथम, पहाँतु जनज्योति मावि (भद्रपुर ९)–का शिव मुर्मु द्वितीय र हिमाली माविका महेश परियार तृतीय भए । छात्रातर्फ सगरमाथा माविकी सुस्मिता राई प्रथम, भद्रपुर माविकी सविना टुडु द्वितीय र वीरेन्द्र माविकी झरना श्रेष्ठ तृतीय भए । सोही दिन आयोजना गरिएको निबन्ध प्रतियोगितामा वीरेन्द्र माविका साकार खतिवडा प्रथम, भद्रपुर माविका ज्योति सहनी द्वितीय र विभूति विद्या मन्दिरकी आरध्या प्याकुरेल तृतीय भए ।
पुस २ गते कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा हिमालयन इङलिश स्कूलकी प्रबिशा गौतम प्रथम, वीरेन्द्र माविका अर्जुन राजवंशी द्वितीय र प्रज्ञा एकाडेमीकी सफलता फुँयल तृतीय भए । पुस ३ गते अन्तर बाल सञ्जाल हाजिरी जवाफ प्रतियोगिता गरियो । प्रतियोगितामा वडा बाल सञ्जाल, भद्रपुर ६ प्रथम, वडा बाल सञ्जाल भद्रपुर २ द्वितीय र वडा बाल सञ्जाल भद्रपुर १० तृतीय भए ।
पुस ४ गते गायन प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा ग्यालेक्सी इङलिश स्कूलकी आयुसा घिमिरे प्रथम, भद्रपुर माविकी अनिता राजवंशी द्वितीय र चन्द्रभानुज्योति माविकी सन्ध्या राई तृतीय भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.