पदाधिकारी संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

A notice in Nepali from Mechinagar Ward No. 10

९ पुस, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका हुन् ।

हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ । तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको छ ।

वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरे । कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।माओवादी पार्टी गठन भएयता निरन्तर नेतृत्वमा रहेका प्रचण्ड यसपालि पनि निर्विरोध अध्यक्ष चुनिने नेताहरुले बताएका छन्, अरु पदमा भने स्थायी कमिटी सदस्यहरुले आकंक्षा देखाइरहेका छन् ।

सम्मेलनले पार्टीेको कार्यदिशाको टुंगो लगाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.