जनप्रतिनिधिहरुलाई जनताका बीचमा गाउँघरमा के के हुँदैछ भन्ने कुरा थाहा भएन् भने उनीहरु केवल शासक मात्र हुने १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको भनाई

स्वर्गीय डिगबहादुर पौडेल सहकारी सम्मान निरौलालाई

A notice in Nepali from Mechinagar Ward No. 10

११ पुस, मेचीनगर : १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जनताका बीचमा गाउँघरमा के के हुँदैछ भन्ने कुरा थाहा नहुँने जनप्रतिनिधि नभएर उनीहरु केवल शासक मात्र हुने बताउनुभएको छ ।

शनिबार झापाको मेचीनगरमा मेची कृषक बहुमुखी सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभाको उद्घाटन गदैं प्रमुख अतिथि मन्त्री कार्कीले जनताको मतबाट निर्वाचित भएर आएका हरेक जनप्रतिनिधिलाई शासक नभई जनता सामु लोकप्रिय भएर उनीहरुका पीर मर्का दुःख सुखमा उनीहरुसँगै हिड्न सुझाँव दिनुभयो ।

अहिले मन्त्री, प्रमुख,उपप्रमुख वडाध्यक्षलाई हरेकले शासक हुन् भन्ने सोच्ने गरेको भन्दैं मुलकमा गणतन्त्र प्राप्त भइसकेपछि नयाँ नयाँ शासक बन्ने होड चलेको मन्त्री कार्कीले टिप्पणी गर्नुभयो । उहाँले हरेक जनप्रतिनिधिहरुलाई उत्तरदायित्व बाउनका लागि जनदवाव दिनुपर्नेमा उहाँको जोड थियो । ‘जनदवावले राणाशासन ढल्यो,पञ्चायत ढल्यो २४० वर्षको राजसंस्था ढल्यो ’मन्त्री कार्कीले भन्नुभयो—‘तीनै तहका सरकारलाई अब जनताले दवाव दिने बेला आएको छ ।’ आफ्ना हक, हित अधिकार कहाँबाट प्राप्त हुन्छ त्यही खोज्नुपर्ने भन्दैं मन्त्री कार्कीले कसैले पनि अधिकार सजिलै हस्तानरण नगर्ने भन्दैं अधिकारका लागि संघर्ष गर्नुपर्ने हुन्छ । प्रदेश सरकार हरेक प्रदेशवासीको अधिकार हस्तान्तरण गर्न तयार रहेको उहाँको भनाई छ ।

शासक बन्ने होड चलेकाले गर्दा जनतालाई निराश पैदा भएको भन्दैं उहाँले अहिले जनताले नेता देख्ने वित्तिकै आलोचना गर्न थालेको धारणा राख्नुभयो । गाली पनि गर्ने तर, फेरि नेता नै नभई नहँुने यो सवै अवस्था नेतृत्वको कमजोरीका कारण सिर्जना भएको मन्त्री कार्कीको तर्क थियो । नेतृत्वले बोलीदिने तर, बोलेको कुरा पुरा समयमै पुरा नगर्ने, बोल्ने र व्यवहारमा फरक हुने कारणले गर्दा हामीले भाषण गर्ने तर, व्यवहारमा फरक हुने प्रवृत्तिले गर्दा जनताले नेतालाइ गाली गर्ने अबस्था किन सिर्जना भएको उहाँको भनाई थियो ।

हामी सवैले एक आपसमा सहकार्य गरेर गरिने जुसुकै कार्य नै सहकारी भएको भन्दैं मन्त्री कार्कीले सहकारी शुरुमा एउटा मन मिल्नेहरुको सामूहिक संस्था भएपनि अहिले मन मात्र होईन मन र धन अनि लगन मिल्नेहरु एक ठाउँमा बसेर आफ्ना मन मिल्ने सदस्यहरुलाई परेका बेलामा अईचो पैचो दिने र बचत गर्न सिकाउनका लागि सहकारीको उत्पति भएको भनाई थियो ।

सहकारीका सवै सदस्य त्यो संस्थाका परिवार हुने भएकाले त्यो परिवारका छोरा छोरीले पढ्े कि पढे्नन् । त्यो परिवारमा को विरामी भयो सवै कुराको जानकारी संस्था सञ्चालकहरुले लिनुपर्नेमा उहाँको जोड थियो । खाली विवाह र भोज गर्ने बेलामा मात्र ऋण दिन नहुँने भन्दैं उहाँले सहकारीले आफ्ना सदस्यहरुलाई आपत विपतमा पनि ऋण दिन सुझाँव दिनुभयो ।

सदस्यहरु कमजोर हुदैँ जाने गरीव हुँदै जाने तर, सहकारी मोटाउदैं मोटाउदैं जाने सञ्चालकहरु गाडीघोडा किन्दैं जाने तर, सहकारीमा लाग्ने सदस्यहरुको अवस्था भने गरीव हुँदै जाने घर जग्गा लिलाम हुने, बालबच्चाले पढन नपाउने विहान बेलुका हातमुख जोर्नका लागि सहकारीमा चर्काे व्याजदरमा ऋण खोज्नुपर्ने विद्यमान समस्या रहेको उहाँको भनाई थियो ।

उहाँले आफ्ना सदस्यहरु विरामीहरु छन् कि छैनन् उनीहरुले स्वास्थ्य उपचार पाए की पाएनन् तीनका सन्तानले उच्च शिक्षा हासील गर्न पाएका छन् कि छैनन् आर्थिक अभावले पढ्न पाएका छैनन् भने त्यसलाई कसरी आर्थिक संकटबाट मुक्त गरी उच्च शिक्षाको ढोका खोलिदिनुपर्छ त्यसमा सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले नेपालको आर्थिक पाटोलाई सहकारीले ठूलो टेवा पुर्याएको बताउनुभयो ।सरकारको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा महत्वपूर्ण अंग भएको बताउँदै उहाँले देशलाई समृद्घितर्फ अघि बढाउन सहकारीको विकल्प नभएको दावी गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरपालिकाले नगर भित्र रहेका सहकारीहरुको प्रभावकारी अनुगमन तथा सहयोग गरिरहेको बताउनुभयो । उहाँले मेची कृषक सहकारीको बीउबिजन कार्यक्रम तथा चक्लासम्बन्धी खेतीलाई नगरपालिकाले नजिकबाट नियाली रहेको र अभियानमा हातेमालो गरेर अघि बढिरहेको उहाँको भनाई थियो । जिल्ला सहकारी संघ झापाका सहसचिव कृष्णप्रसाद मिश्रले देश संघीय लोकतन्त्रमा गएसंगै तीन तहको कानुन बन्दा सहकारीमा समस्या सिर्जना भएको आरोप लगाउनुभयो । उहाँले सहकारी केन्द्रीय नीति अनुसार सञ्चालन हुनु पर्ने बताउनुभयो ।

उद्घटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष नारायणबहादुर बस्नेत सल्लाहकार सदस्य तेजप्रसाद चौलागाईँलगायतले बोल्नुभएको थियो । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले कार्यक्रमको सभापतित्व गदैं सञ्चालक समितिकोतर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०४५ सालमा ७८ जना शेयर सदस्यहरुको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ८ हजार १ सय ४३ जना शेयर सदस्य, ५ करोड ४७ लाख ५८ हजार ३ सय रुपैयाँ शेयर पूँजी तथा ऋण लगानी ३१ करोड४१ लाख ९ हजार २०७ रुपैंयाँ रहेको आर्थिक विवरण अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले आर्थिक वर्ष २०७७ ÷०७८ देखि २०८० ÷०८१को रणनीतिक योजना समेत तर्जुमा गरेको छ । सहकारीलाई थप व्यवस्थित गर्न सदस्य कल्याणकारी बचत तथा राहत परिचालन नीति तथा सुशासन नीति समेत लागुगरेको छ । सहकारीले सदस्यहरुको हितलाई ध्यान दिएर बिजवृद्घि कार्यक्रमलाई तीब्र पार्दै लगेको छ ।

हाल २५० घर परिवार बिजबृद्घि कार्यक्रममा सहभागी भइरहेको प्रतिवेदनमा उल्लेख छ । लेखा संयोजक विष्णुलाल गिरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता राजेन्द्र गुरागाईँ, तुलोवाला राजवंशी, शिरा ढुङ्गना, उत्कृष्ट ऋणि अजितकुमार राय, सञ्जय निरौला, छलिमाया वास्तोला, देविका खतिवडा, उत्कृष्ट कृषकतर्फ श्याम दाहाल, भिमादेवी प्रधान, बाल बचतकर्ता पृथ्वीराज खतिवडा, विक्रेता तर्फ पदमबहादुर बुढाथोकी तथा स्वर्गीय डिगबहादुर पौडेल सहकारी सम्मान ऋषिप्रसाद निरौलालाई प्रदान गरेको छ । सवैलाई नगदसहित सम्मान पत्र प्रमुख अतिथि मन्त्री कार्की, विशिष्ट अतिथि नगरप्रमुख आचार्यय, उपप्रमुख उप्रेतीले प्रदान गर्नुभयो । साथै संस्थाले ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो । त्यसैगरी सहकारीले उपचार कोषमार्फत लामो समयदेखि स्वास्थ्यमा समस्य भएर उपचार गराई रहेका सहकारीका सदस्य भवानी बराललाई ५० हजार उपचर खर्च प्रदान गरेको छ ।

मेची कृषक सहकारी संस्था सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक दीपक काफ्लेले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.