काँकरभिट्टा बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवसमा विविध कार्यक्रम

काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षय कोषमा ७० लाख ७५ हजार रुपैयाँ घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

१४ पुस, मेचीनगर : झापाको मचीनगर –६ काँकरभिट्टास्थित काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षय कोषमा ७० लाख ७५ हजार रुपैयाँ घोषणा भएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधिहरुसहित ३४ जना दाताले अक्षय कोषमा जम्माका लागि उक्त रकम घोषणा गर्नुभएको हो ।

बुधबार क्याम्पसको चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमा यसको पुष्टि हुन्छ । प्रतिवेदन क्याम्पस सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

२३ औँ वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा साँस्कृतिक कार्यक्रमसहित विभिन्न जातजातिको पहिचान झल्किने खालका गीत र नृत्य प्रस्तुत गरिएको थियो । विएड तेस्रो वर्षमा अध्ययनरत पवित्रा तामाङले गीत प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्य र विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले काँकरभिट्टा बहुमुखी क्याम्पसले प्रकाशन गरेको क्याम्पस दर्पणको संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । पुस्तकका बारेमा सम्पादक हेमकुमार खड्काले संक्षिप्त भनाई राख्नुभयो । पुस्तकमा विद्यार्थीहरुका लेख, रचना, अध्यापकहरुका रचना क्याम्पसको संक्षिप्त चिनारी र भावी योजनाहरु समेटेर पहिलो पटक प्रकाशन गरेको सम्पादक खड्काले जानकारी दिनुभयो ।

यसैगरी, चौथो क्याम्पसको अवसरमा सामाजिक परीक्षण समितिको प्रतिवेदन सामाजिक परीक्षण समितिका सदस्य हेमा सिटौलाले, आर्थिक वर्ष २०७७/०७८ लेखा परीक्षण प्रतिवेदन सहायक क्याम्पस प्रमुख बासुदेव कोइरालाले, आर्थिक वर्ष २०७८/०७९ बजेत तथा कार्यक्रम सञ्चालक सदस्य भगिरथ भण्डारीले प्रस्तुत गर्नुभएको थियो । सञ्चालक समिति गठन प्रस्ताव समेत कार्यक्रममा गरिएको छ । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पस विधान संशोधन प्रस्ताव तथा सञ्चालक दिलीपजंग सुब्बाले क्याम्पसको रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्रीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विभिन्न विधमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।आन्तरिक कविता प्रतियोगितातर्फ विएड तेस्रो वर्षमा अध्ययनरत मीना गिरी, विविएस प्रथम वर्षमा अध्ययनरत सञ्जोग खनाल र विएड तेस्रो वर्षमा अध्ययनरत रेजिना राई क्रमश : प्रथम, दोस्रो र तेस्रो घोषित हुनुभयो । विएड तेस्रो वर्षमा अध्ययनरत मालती सतारले सान्तवना स्थान हासिल गर्नुभएको थियो । सबैलाई पुरस्कार एवम् प्रमाण पत्र प्रदान गरिएको थियो । सोहि अवसरमा १९ वर्ष मूनिको महिला राष्ट्रिय फूटबल खेलाडी विविएस दोस्रो वर्षमा अध्ययनरत अंकिता राईलाई सम्मान गरिएकोे थियो ।

अन्तर माध्यमिक विद्यालयतर्फ वक्तृत्वकला प्रतियोगतामा धुलावारी माविकाी प्रेरणा श्रेष्ठ, होलीवेल माविका सेविस निरौला र हिमालयन माविका रोश्ना नेपाल क्रमश : थम ,दोस्रो र तेस्रो हुुभयो । विजयी विद्यार्थीहरुलाई क्रमस १ हजार ५ सय, १ हजार २ सय र १ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । आन्तरिक क्रिकेट प्रतियोगिता तर्फ विजयी हुने विविएस र उपविजेता विएडलाई मेडल तथा प्रमाण पत्र प्रदान गरियो ।

आजनै भएको अन्तर माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगितामा होलीबेल मा.वि. धुलबारी प्रथम, काँकरभिट्टा मा.वि. काँकरभिट्टा द्वितीय र धुलाबारी मा.वि. धुलाबारी तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई  १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रमुख अतिथि विमल आचार्य ज्यूले वितरण गर्नुभएको थियो ।

शैक्षिक पुरस्कारतर्फ प्रथम वर्षको भर्ना उच्च अंक प्राप्त गर्ने विएडतर्फ शरदचन्द्र माझी र विविएसतर्फ विन्द्रा प्रधानलाई प्रदान गरिएको थियो । वीवीएस प्रथम वर्ष उत्कृष्ट अस्मिता रजक, दोस्रो वर्ष उत्कृष्ट दीपा पोखरेल, वीएड प्रथम वर्ष उत्कृष्ट सेजल चौहान दोस्रो वर्ष मनिषा वेगम र वीएड तेस्रो वर्ष रेजिना राई उत्कृष्ट आन्तरिक परीक्षा २०७८ घोषित भए । कार्यक्रममा क्याम्पसकातर्फबाट अप्रतियोगि नृत्य तथा प्रतियोगितात्मक नृत्य प्रस्तुत गरिएको थियो । उद्घाटन सत्रमा सञ्चालक समिति गठन प्रस्ताव गरिएकोमा पुनः कमल थापा क्षेत्रीलाई क्याम्पस सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको छ ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र अतिरिक्त क्रियाकलाप विभागका संयोजक लम्बोदर पौडेलले संयुक्तरुपमा सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथी उप्रेती, वडा नम्बर ४ का अध्यक्ष नबिन बराल, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, जनता समाजवादी पार्टी नेपाल मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, सञ्चालक सदस्य सुशील आचार्यले बोल्नुभएको कार्यक्रममा सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

फोटो फिचर :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.